News Portal

  • एशियन लाइफको चाबहिल शाखाले एमडिआरटी-२०२४ को लागि योग्य पौडेललाई गर्यो सम्मान

    आर्थीकसंसार संवाददाता१९ पुष, २०८०
    २९३ पटक
    १९ पुष, २०८०

    काठमाडौं । एशियन लाइफ इनस्योरेन्सको चाबहिल शाखा कार्यालयले एमडिआरटी-२०२४ को लागि योग्य भएका शाखाका वरिष्ठ एजेन्सी म्यानेजर कपिल कुमार पौडेललाई सम्मान गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत, होम बहादुर श्रेष्ठ, मार्केटिङ हेड विजय पराजुली लगायत चाबहिल शाखाका सिनियर एजेन्सी म्यानेजर, अभिकर्ता गरी ३० जनाको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा चाबहिल शाखा कार्याबाट पुस महिनामा सबैभन्दा धेरै बीमा गर्ने वरिष्ठ एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत, होम बहादुर श्रेष्ठ, मार्केटिङ हेड विजय पराजुलीले आफ्नो आफ्नो मन्तव्य राखेका थिए ।

    त्यस्तै, चाबहिल शाखा कार्यालयका शाखा प्रबन्धक अशोकराज गिरीले शाखाका सर्वाधिक बीमा गर्ने अभिकर्ता,एमडिआरटी हुन योग्यलाई खादा, माला र दोसल्ला लगाई सम्मान गरेका थिए । व्यवसाय बृद्धिमा कम्पनीको लागि उनीहरुको पुर्याएको सहयोगको लागि धन्यवाद समेत दिए ।
    प्रतिकृया दिनुहोस्