काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितहरुलाई दाबी बुझिलिनका लागि आग्रह गरेको छ । कम्पनीमा विभिन्न समयमा सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, मरिन बीमा, हवाई बीमा, मिसिलिनियस बीमा तथा माइक्रो बीमाका दाबीहरुको निवेदन परेको र सो पश्चात् बीमित सम्पर्कमा नआएको भन्दै कम्पनीले दाबी फर्छ्यौटका लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो ।
कम्पनीमा विभिन्न समयमा बीमा दाबीको निवदेन दिई सम्पर्कमा नआएका बीमितलाई कम्पनीले भुक्तानी लिन आग्रह गरेको हो । कम्पनीले दाबी फर्छ्यौटका लागि आवश्यक कागजातसहित कम्पनीको नजिकको शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको दाबी विभाग केन्द्रीय कार्यालय थापागाउँ काठमाडौंमा यथाशिघ्र सम्पर्क गर्न बीमितहरुलाई भनेको छ ।