News Portal

  • हिमालयन लाइफले गिरीको परिवारलाई दियो ३३ लाख १६ हजार रुपैयाँ मृत्यु दाबी वापतको रकम

    आर्थीकसंसार संवाददाता१५ पुष, २०८०
    १८७ पटक
    १५ पुष, २०८०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपशाखाद्वारा गिरी परिवारलाई दुई फरक सर्त बापत रु ३३ लाख १६ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । उपशाखाले कुश्मा नगरपालिका वडा न.२ स्थित घरमै गई एक कार्यक्रमको आयोजना गरि कुश्मा नगरपालिका २ खुर्कोटका वडा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि क्षेत्र बहदुर क्षेत्रीले स्वर्गीय धनराज गिरीका बुवा लक्ष्मण गिरीलाई चेक हस्तान्तरण गरेका हुन् ।

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले बीमा सबैले समयमानै गर्नु पर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि हिमालयन लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश उप प्रमुख बलराम गौतमले पिडामा मलमको काम पनि बीमाले गर्ने भएकोले सबैले जीवन बीमा अनिवार्य गर्नुपर्ने बताए ।

    कार्यक्रमा हिमालयन लाइफकि एजेन्सी म्यानेजर पार्बती कुमरी शर्मा अधिकारी लगायत अन्य अतिथि हरुले बीमा सबैको लागि महत्वपुर्ण रहेको र सबैले बीमा गर्नुपर्ने बताएका थिए । कार्यक्रमको संचालन कुश्मा उपशाखाका प्रमुख बलराम आचार्यले गरेका थिए।
    प्रतिकृया दिनुहोस्