News Portal

  • प्रभु लाइफको मुनाफा र बीमा शुल्क दुवैमा दोब्बरले बृद्धि

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०७७
    १३४९ पटक
    २९ कार्तिक, २०७७

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले यस अवधिसम्ममा २५ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९५ दशमलव ४० प्रतिशतले बढी हो ।
    १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २३ करोड ९१ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ११ करोड ९९ लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १ करोड ५४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीले ३ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड २२ लाख रुपैयाँ मात्र मुनाफाआर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५१ प्रतिशतले धेरै हो ।
    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६१ लाख ६८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ लाख ४३ हजार रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।
    समीक्षा अवधिमा कम्पनीले २५ करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९५ प्रतिशतले बढी हो ।

    प्रतिकृया दिनुहोस्