News Portal

  • सलिकोको प्रदेश स्तरिय पेशागत दक्षता अभिबृद्धि तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१२ पुष, २०८०
    ७५ पटक
    १२ पुष, २०८०

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

    कम्पनीले लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्लामा पौष महिनाको ९ र १० गते आयोजना गरिएको कार्यक्रममा ६५ जना भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो ।

    कम्पनीले आफ्ना कर्मचारीको पेशागत क्षमता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीका संचालक गजेन्द्र लाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिइएको थियो ।

    प्रशिक्षण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, प्रदेश प्रमुख, र विभागिय प्रमुखहरुले आ(आफ्नो प्रस्तुतिकरण दिएका थिए ।

    उक्त प्रशिक्षण कार्यक्रमले कर्मचारिहरुमा ज्ञान र नविन उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर सँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बजार बिस्तारका साथै कर्मचारीहरुको क्षयमता अभिबृद्धिलाई समेत प्राथमिकता दिएको देखिन्छ । बजार बिस्तारमा सबै भन्दा ठूलो भूमिका कर्मचारीहरुकै हुने तथ्यलाई मध्यनजर राखि प्रदेश स्तरका कर्मचारीलाई दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस्