काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ ल्याएको छ । भारतमा बनेको फ्रेन्च डिएनए कार ब्रान्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले सिट्रोनका दुई लोकप्रिय मोडलहरू – सिट्रोन सि ३ (पेट्रोल भर्जन) र सिट्रोन इ सि३ (विद्युतिय भर्जन) मा नगद छुट लगायत अन्य फाइदाहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरुले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्जन सिट्रोन सि३ मा रु. २००,००० र विद्युतिय भर्जन सिट्रोन इ सि३ मा रु. १००,००० सम्मको लाभ पाउन सक्नेछन् ।
नयाँ वर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बीमा र निःशुल्क कार वास पाउन सक्नेछन् । यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन् जसले आफ्ना ग्राहकहरुको नयाँ वर्षमा नयाँ उमंग थप्ने विश्वास कम्पनीले लिएको छ ।
यस न्यु इयर बोनान्जा सिट्रोनका नेपालभर रहेका सम्पूर्ण आधिकारिक डिलरहरु मार्फत उपलब्ध हुनेछ ।
नयाँ वर्षको उपलक्ष्यमा सिट्रोनको ‘न्यू इयर बोनान्जा’
आर्थीकसंसार संवाददाता१२ पुष, २०८०
१२ पुष, २०८०- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो