News Portal

  • नेरुडे लघुवित्तले यस वर्ष लाभांश नबाँड्ने

    आर्थीकसंसार संवाददाता११ पुष, २०८०
    ११३ पटक
    ११ पुष, २०८०

    काठमाडौं । नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

    बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्