News Portal

  • माछापुच्छ्रे बैंकद्वारा व्यवसायिक सिपमूलक तालिम आयोजना

    आर्थीकसंसार संवाददाता८ पुष, २०८०
    ३०९ पटक
    ८ पुष, २०८०

    काठमाडौं । माछापुच्छ्रे बैंकले सिराहा जिल्लाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

    माध्यमिक तहका विद्यार्थीहरुमा व्यवसायिक र प्राविधिक ज्ञान एवम् सिपको विकास गर्ने उद्धेश्यले बैंकले इन्जिनियर्स वीथआउट बोर्डर्स नामक संस्था संगको सहकार्यमा व्यवसायिक सिपमुलक तालिम आयोजना गरेको हो । एक सातासम्म स्कुल प्राङ्गणमा सञ्चालित कार्यक्रम आज समापनको गरेको थियो ।

    उक्त कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री एवम् बैंकका पूर्व अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले विद्यालयस्तर देखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरुले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने बताए ।

    त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानिय निकायहरु संग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

    प्रतिकृया दिनुहोस्