News Portal

  • अब एनएमबि बैंकको एपबाटै हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

    आर्थीकसंसार संवाददाता८ पुष, २०८०
    १०७ पटक
    ८ पुष, २०८०

    काठमाडौं । एनएमबि बैंकको मोबाइल बैंकिंग एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने भएको छ । बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसंग सम्झौता गरी बैंकको बैंकिंग एप (इएनएमबी एप) प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झन्झट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको हो ।

    उक्त सम्झौता हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको उपस्थितिमा भएको थियो ।

    सोकार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टबीच सम्झौता आदानप्रदान भएको थियो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरुग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

    एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । बैंकले हाल २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्