News Portal

  • बैंकर्स संघको सदस्यमा पाँच सीईओ निर्वाचित, को-को ?

    आर्थीकसंसार संवाददाता७ पुष, २०८०
    ९७ पटक
    ७ पुष, २०८०

    काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ सदस्यमा पाँच जना सीईओ चुनिएका छन् । शनिबार भरतपुरको सौराहमा भएको संघको ३७ औँ वार्षिक साधारणसभाले संघको कार्यसमितिमा पाँच जनालाई चयन गरेको हो ।

    जसमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन भएका छन् ।

    संघका सदस्य लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको कार्यकाल पुरा भएको छ । त्यस्तै, नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सदस्यमा यथावत छन् ।

    प्रतिकृया दिनुहोस्