News Portal

  • प्रभु बैंकको पौने १८ लाख कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता७ पुष, २०८०
    ४५१ पटक
    ७ पुष, २०८०

    काठमाडौं । प्रभु बैंकको करिब पौने १८ लाख कित्ता शेयर आज पुस ८ गतेबाट बिक्रीमा राखिएको छ।

    कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको १७ लाख ७१ हजार ७३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
    प्रतिकृया दिनुहोस्