आर्थीकसंसार संवाददाता६ पुष, २०८०
६ पुष, २०८०काठमाडौं । सप्रोस नेपालले ग्रामिन स्तरमा बाली तथा पशुपन्छी बीमा सहजकर्ता विकास गर्ने उदेश्यले २ दिने बाली तथा पशुपन्छी बीमा सहजकर्ता तालिम सम्पन्न गरेको छ । उक्त तालिम पुस ४ र ५ गते होटल प्यासिफिक लहान, सिरहामा सम्पन्न गरेको हो । सिरहा र सप्तरी जिल्लामा सञ्चालित ग्रामिण महिलाहरुको आर्थिक संशक्तिकरण (JP RWEE) अन्तर्गत संयूक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रको आयोजना गरेको हो ।
यस तालिमको सहजिकरण सप्रोस नेपालले एनएलजी इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरन्सहरुसँगको सहकार्यमा सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा एनएलजी इन्स्योरेन्सको तर्फबाट संजय माझी र सानिमा जिआईसी इन्स्योरन्सको तर्फबाट राम कुमार साहले प्रशिक्षन दिएका थिए ।