News Portal

  • क्रेस्ट माइक्रोले ल्यायो बचत र सुरक्षा दुबै हुने बीमा योजना, प्रतिहजार ५० रुपैयाँसम्मको रिटर्न ग्यारेन्टी

    आर्थीकसंसार संवाददाता५ पुष, २०८०
    ११९ पटक
    ५ पुष, २०८०

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको हो ।

    यो योजनाले न्यून बीमाशुल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहन समेत गर्दछ । यसको प्रमुख विशेषता रेगुलर बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा ४५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार र सिंगल बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा ५० रुपैयाँ प्रतिवर्ष प्रतिहजार ग्यारेन्टी रिटर्न हो ।

    कम्पनीका अनुसार यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर सम्मको ग्राहकले खरिद गर्न सक्नेछन् । कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बीमालेखमा न्यूनतम बीमांक रकम दश हजार रुपैयाँ रहेको छ । बीमितले आफ्नो सुविधा अनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा बीमाशूल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन् ।

    कम्पनीका अनुसार बीमा अवधि पुरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमांक रकम तथा ग्यारेन्टी गरिएको रकम एकमुष्ठ भुक्तानी पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्