News Portal

  • यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्दै

    आर्थीकसंसार संवाददाता३ पुष, २०८०
    १४१ पटक
    ३ पुष, २०८०

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमका साथै परीक्षा पनि सञ्चालन गर्ने भएको छ । कम्पनीले तालिम सञ्चालन पुस ४ गतेदेखि ६ गतेसम्म संचालन गर्न लागेको बताएको छ । उक्त तालिम बिहान ९ बजेदेखि ५ बजेसम्म गौर, रौतहटमा सञ्चालन गरिने जनाएको हो ।

    तालिममा सहभागी हुनका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पती विज्ञानमा कम्तिमा एक वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्नेछ । उक्त तालिममा सहभागी हुनका लागि आवश्यक कागजातसहित पुस ३ गतेसम्म आवेदन दिनुपर्नेछ ।

    अभिकर्ताले बीमा इजाजत पत्र प्राप्त गर्न परीक्षा उत्तीर्ण गर्नुपर्ने भएकाले सो तालिममा सहभागी तथा कम्पनीबाट अभिकर्ता इजाजत पत्र लिन बाँकीले पुस ६ गते सञ्चालन हुने लिखित परीक्षामा सहभागि हुन समेत कम्पनीले भनेको छ ।
    प्रतिकृया दिनुहोस्