News Portal

  • नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    आर्थीकसंसार संवाददाता३ पुष, २०८०
    १९१ पटक
    ३ पुष, २०८०

    काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज पुस ३ गते अन्तिम दिन रहेको छ।

    बैंकले गत मंसिर २९ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन खुला गरेको थियो। यो ऋणपत्रमा लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।

    बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। बैंकले कुल ३० लाख इकाइ ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख इकाइ सर्वसाधारणलाई र १ अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ।

    सर्वसाधारणलाई छुट्याइएको १२ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात् ६ करोड रुपैयाँबराबरको ६० हजार इकाइ सामूहिक कोषका लागि समावेश गरिएको छ । सर्वसाधारणले न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्म लगानी गर्न सक्नेछन्।

    यो ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

    यो ७ वर्षे ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन्। नबिल बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

    प्रतिकृया दिनुहोस्