आर्थीकसंसार संवाददाता२ पुष, २०८०
२ पुष, २०८०काठमाडौं । एनआइसी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा सरिता गौतम नियुक्त भएकी छिन् । यस संस्थाको पुस १ गते, सोमबारका दिन साँझ बसेकोे सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२, काठमाडौँ निवासी सरिता गौतमूलाई नियुक्त गरेको हो ।
नवनियुक्त स्वतन्त्र सञ्चालक श्री सरिता गौतमले पुस १ गते प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी हुन् । करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्यानुभव रहेकोसरिता गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् ।