आर्थीकसंसार संवाददाता१ पुष, २०८०
१ पुष, २०८०काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको धनगढी शाखाले मृत्यु दावी रकम परिवारलाई हस्तान्तरण गरेको छ । शिवनाथ गाउँपालिका वडा न. ०१का मृतक रुमाल देवी चाडको मृत्यु दावी रकम उनको ससुरा विरमान चाडलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
मृतक चाडले साविकको सानिमा लाइफ इन्स्योरेन्समा २ लाखको जीवन बीमा गरेका थिए । उनको मृत्यु भएपछि बीमितको बीमा लाभ बाफतको रकम रु २१६५०० सानिमा रिलायन्स लाइफ कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले चेक हस्तान्तरण गरेका हुन् ।