आर्थीकसंसार संवाददाता१ पुष, २०८०
१ पुष, २०८०काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता करिब १६ प्रतिशतले बढेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २५ लाख ५ हजार ८३ पुगेको छ। अघिल्लो वर्ष कात्तिकसम्म यो संख्या १ करोड ९४ लाख ३ हजार ६८० थियो।
समीक्षा अवधिसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ०.४७ प्रतिशतले घटेर यो वर्षको कात्तिकसम्म १७ लाख ५९ हजार १९३ मा झरेको छ। अघिल्लो वर्ष कात्तिकसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ५० हजार ९३६ थियो।