News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले फेरि घटायो ब्याजदर, आधारदर ७.८४ प्रतिशत

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०८०
    १०७ पटक
    २९ मंसिर, २०८०

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुसमा पनि ब्याजदर घटाएको छ । बैंकले यसअघि मंसिरमा पनि ब्याजदर घटाएको थियो । शुक्रबार ब्याजदर सम्बन्धी सूचना प्रकाशन गर्दै विभिन्न खातामा पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

    बैंकले पुसमा साधारण बचत खातामा न्यूनतम ३.६० प्रतिशतदेखि अधिकतम ४.६५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, साधारण रेमिट्यान्स बचतमा ५.६५ प्रतिशत ब्याज दिनेछ । यसअघि मंसिरमा बैंकले ४ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत र रेमिट्यान्स खातामा ६.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत, ब्यक्तिगततर्फ ८.५६ प्रतिशत र रेमिट्यान्स बचत खातामा ९.५६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि मंसिरमा बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत, ब्यक्तिगततर्फ ८.९७ प्रतिशत र रेमिट्यान्स खातामा ९.९७ प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकको आधार दर ७.८४ प्रतिशत थियो भने स्प्रेड दर ४ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्