आर्थीकसंसार संवाददाता२८ मंसिर, २०८०
२८ मंसिर, २०८०काठमाडौं । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीहरुलाई सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउने तथा अन्य बैंकिङ कारोबारमा सहजीकरण गर्न समृद्धि फाइनान्स कम्पनी र स्किल्ड आम्र्स फर टे«डिङ एन्ड कन्ट्रयाक्टिङ एन्ड क्लिनिङ सर्भिसेसका व्यवस्थापक गंगाप्रसाद ढकालबीच समझदारी भएको छ।
उक्त समझदारीअन्तर्गत कतारमा वैदेशिक रोजगारीमा गएका नेपालीले समृद्धि फाइनान्समार्फत आफ्नो परिवारको खाता वा सीधै आफ्नै खातामा रेमिट्यान्स पठाई अनेक बैंकिङ सुविधाहरु प्राप्त गर्न सक्नेछन्।