News Portal

  • कुमारी बैंकले तोक्यो अधिकतम ३.५ प्रतिशत प्रिमियम, ऋणीलाई सहज हुने

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०८०
    ४२१ पटक
    २८ मंसिर, २०८०

    काठमाडौं । कुमारी बैंकले कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आगामी जनवरी १ (पुस १६) देखि लागू हुने गरी बैंकले कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहने गरी लागू गर्ने जनाएको छ ।

    नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ ।

    कुमारी बैंकले ग्राहकहरुको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको जनाएको छ ।

    बैंकले ग्राहकहरुका गतिशील आवश्यकताहरु र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकुल विभिन्न योजनाहरु प्रवर्धन गर्ने गरेको छ ।

    आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३२० एटिएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्