काठमाडौं । के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोवार शुभारम्भ गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज.ब.राणा ज्यूले कम्पनीको कारोवार शुभारम्भको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बंैक लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
कारोवार सुभारम्भ गरे संगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीज्यूले उल्लेख गर्नुभएको छ ।
के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सिमित कारोवार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।
के.बि.एल सेक्यूरिटिज सञ्चालनमा
आर्थीकसंसार संवाददाता२६ मंसिर, २०८०
२६ मंसिर, २०८०- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो