आर्थीकसंसार संवाददाता२५ मंसिर, २०८०
२५ मंसिर, २०८०काठमाडौं । स्वस्तिक लघुवित्तको पिपरा शाखाले सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सोमबार जनकपुरधाम वाड नं ४ मा स्थित जानकी कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा सोही क्याम्पसका प्रमुख राम कुमार ठाकुर तथा स्वस्तिक लघुवित्तका विभागीय प्रमुख तोयानाथ पोखरेलको उपस्थिति रहेको पिपरा शाखाका शाखा प्रमुख राम कुमार महराले जानकारी दिए ।
पछिल्लो समयमा यस वित्तीय संस्थाले विध्यार्थीवर्गलाई लक्षित गरी विभिन्न स्थानहरु वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दे आएको र आगामी दिनमा यसलाई निरन्तरता दिने योजना रहेको कम्पनीले उल्लेख गरेको छ।