News Portal

  • एम च्याम नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०८०
    १०३ पटक
    २५ मंसिर, २०८०

    काठमाडौं । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एम च्याम नेपाल) को अध्यक्षमा नियुक्त भएका छन् । अमेरिकी व्यवसाय र नेपाली बजारबीचको सम्बन्ध थप सुमधुर बन्ने उद्देश्यसहित एम च्याम नेपालले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

    उनको नियुक्तिसँगै बीमा क्षेत्र र व्यावसायी समुदायमा नयाँ अनुभव र नेतृत्वलाई झल्काउने बताइएको छ । साथै, उनको नेतृत्वले संयुक्त राज्य अमेरिका र नेपालबीच व्यापार, लगानी र आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । एम च्याम नेपालमा सञ्चालित अमेरिकी व्यापारिक संस्थाहरूको एक संगठन हो ।

    मेटलाइफ नेपालको महाप्रबन्धकको भूमिकामा उनले कम्पनीलाई सफलताको दिशामा लैजान र व्यवसायिक परिदृश्य भित्र सकारात्मक सम्बन्धहरू बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । उनी नेपाल लाइफ इन्स्योरेन्स एसोसिएसन (जेबिसान) का भूतपूर्व अध्यक्ष तथा संस्थापक सदस्य पनि हुन् ।

    प्रतिकृया दिनुहोस्