News Portal

  • सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०८०
    ९६ पटक
    २४ मंसिर, २०८०

    काठमाडौं। सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा आएको छ ।

    धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा वित्तीय संस्थाले शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनी मार्फत धितोपत्र दलालको रुपमा कार्य गर्न सक्ने व्यवस्था अनुरुप सिटिजन्सले सिबिआईएल सेक्यूरिटिज संचालन गरेको हो ।

    सिबिआईएल सेक्यूरिटिजको उद्धघाटन गर्दै सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले धितोपत्र बजारमा आफनो छुट्टै पहिचान बनाउने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझ ल्याउने गरि थप संस्थाहरुको स्थापना गर्न सकिने बताए ।

    यो संस्था बैंकको आफ्नै कुपन्डोल स्थित भवनबाट संचालनमा ल्याइएको छ । धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रुपमा स्थापित हुने उद्देश्यले स्थापित यो कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवं छरितो सेवा प्रदान हुने र यसको प्रधान कार्यालय, कुपण्डोल, ललितपुरमा रहेको छ।

    कम्पनीले आफना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्रीयकृत खोल्ने सेवा समेत प्रदान गरिने व्यवस्था गरिएको छ । यसको साथै यस कम्पनी सिटिजन्स बैंकको कुपण्डोल शाखा भवनमा रहेको हुंदा ग्राहकहरुले बैंक खाता खोल्न तथा सेयर धितो कर्जा समेत एकै भवनवाट सेवा प्राप्त गर्न सक्नेछ । यस कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशहरुमा शाखा खोली ग्राहकहरुलाई उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य लिइएको छ ।

    सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको यो पहिलो संस्था हो । यस अघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड पनि स्थापना गरि संचालनमा ल्याएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख  हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्