News Portal

  • मौद्रिक नीतिको समीक्षा लचिलो आयो : राष्ट्र बैंक

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०८०
    २०० पटक
    २२ मंसिर, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको समीक्षा लचिलो भएको बताएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई थप लचिलो बनाइएको बताएको हो ।

    यसबाट आन्तरिक आर्थिक स्थिति सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा रहेको राष्ट्र बैंकको भनाइ छ । आन्तरिक आर्थिक गतिविधि एवम्मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा गर्दा मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गरिने राष्ट् बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले शोधनान्तर बचत वृद्धि भएका कारण मौद्रिक विस्तार भएको र कर्जाको ब्याजदरहरु घटिरहेको सन्दर्भमा बजेट बक्तव्यमा घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी कार्य योजनाहरुको कार्यान्वयनबाट आर्थिक गतिविधि चलायमान भई आन्तरिक माग विस्तार हुने बताएकाे छ ।

    यसका लागि वित्तीय क्षेत्र लक्षित उच्छृंखल गतिविधि नियन्त्रण गरी व्यावसायिक वातावरणमा सुधार ल्याउन आवश्यक रहेकाे समीक्षामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्