News Portal

  • माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०८०
    ३०४ पटक
    २१ मंसिर, २०८०

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन सम्पन्न भएको छ । मिति २०८०/०८/२१ गते विहिबारका दिन आयोजना गरिएको एक औपचारिक कार्यक्रमका वीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले उक्त माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन गर्नुभएको हो ।

    काठमाण्डौँको जमलस्थित नेपाल चेम्वर भवनमा कार्यालय रहने गरि माछापुच्छ्रे  सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो । माछापुच्छ्रे  सेक्युरिटिज लिमिटेडको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बजारको बिकास र बिस्तार को लागी माछापुच्छ्रे  सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा माछापुच्छ्रे  सेक्युरिटिज लिमिटेडलाई स्वागत गर्दै लगानिकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनियता बढाउदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
    साथै सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे  बैंकका पूर्व अध्यक्ष एंव गैर आवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले माछापुच्छ्रे  बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको माछापुच्छ्रे  सेक्युरिटिज लिमिटेडले माछापुच्छ्रेले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै माछापुच्छ्रे  बैंक लि. का अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पुर्वाधार तथा नियमन व्यवस्थाहरुको पुर्ण परिपालना हुने गरि व्यवसायिक, पारदर्शि र विश्वसनिय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ्रे  सेक्युरिटिज लिमिटेडले आफुलाई उभ्याउन सकोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।
    उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे  क्यापिटल तथा, माछापुच्छ्रे  सेक्युरिटिज लिमिटेडका संचालक समितिका पदाधिकारीहरु, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरु, माछापुच्छ्रे  बैंक लि. का प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्