News Portal

  • तरलता थुप्रिएपछि बैंकिङ प्रणालीबाट आज फेरि रु. १० अर्ब तान्दै राष्ट्र बैंक

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०८०
    ३३३ पटक
    १७ मंसिर, २०८०

    काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज आइतबार फेरि १० अर्ब रुपैयाँ खिच्ने भएको छ।

    केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट फेरि १० अर्ब रुपैयाँ तान्न लागेको हो। योसहित मंसिर महिनाको अहिलेसम्म चौथोपटक निक्षेप संकलन उपकरण प्रयोग गरी अधिक तरलता व्यवस्थापन गर्न लागेको हो।

    यो निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो २ बजे गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको आउँदो मंसिर २४ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ।

    यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोगरी गत मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

    प्रतिकृया दिनुहोस्