News Portal

  • हिमालयन लाइफद्वारा न्यानो लुगा वितरण

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०८०
    २१० पटक
    १७ मंसिर, २०८०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ ब्याङ्ग्रीमा न्यानो लुगा वितरण गरेको छ।

    कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत त्यहाँ २५० थान न्यानो कपडा (टिसर्ट र ज्याकेट) वितरण गरेको हो।

    न्यानो लुगा वितरण कार्यक्रममा वडाअध्यक्ष मानबहादुर राई, कम्पनीका उपप्रदेश प्रमुख मनोञ्जनलाल कर्ण तथा गाईघाट शाखाका प्रमुख उज्ज्वल खत्री तथा कम्पनीका अभिकर्ताहरुको उपस्थित थियो।
    प्रतिकृया दिनुहोस्