News Portal

  • इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०८०
    २१८ पटक
    १५ मंसिर, २०८०

    काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति २०८० मंसिर १५ गते शुक्रबारका दिन (तदनुसार १ डिसेम्बर, २०२३) बानेश्वर ब्याङक्वेट, थापागाँउ, नयाँ बानेश्वर काठमाण्डौँमा सम्पन्न भयो । उक्त सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी सभाले ८.४२१०५% (आठ दशमलव चार दुई एक शुन्ना पाँच प्रतिशत) ले हुने रकम रु ४,६७,८७,३६८.४२ (अक्षेरुपी चार करोड सतसठ्ठी लाख सतासी हजार तीन सय अड्सठ्ठी र बयालिस पैसा मात्र) नगद लाभाशं (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्नेछ ।

    प्रतिकृया दिनुहोस्