News Portal

  • सिटिजन्स बैंकको सञ्चालकमा पूर्व सीईओ अर्याल

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०८०
    १८८ पटक
    १४ मंसिर, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

    तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट बैंकिङ्ग करियर शुरु गरेका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न छन् । उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत रहेको छ ।

    त्रिभुवन विश्व विद्यालयवाट एम.बि.ए. हासिल गरेका उनले स्वदेश तथा विदेशमा गरी दर्जनौ बैंकिङ्ग सम्बन्धी विशेष प्रशिक्षण लिएका थिए । साथै, उनीसँग लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ ।

    यसअघि बैंकको स्वतन्त्र संचालकमा नेपाल सरकारका पूर्व सचिवद्वय बालकृष्ण प्रसाई तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ्ग तथा अनिल ज्ञवालीले समेत योगदान गरेका थिए ।

    नयाँ स्वतन्त्र सञ्चालक अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ्ग जग थप मजवुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले हाल १८९ वटा शाखा, १४९वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्