News Portal

  • उग्रतारा मेलामा हिमालयन लाइफको निःशुल्क हेल्प डेक्स संचालन

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०८०
    ४५३ पटक
    १३ मंसिर, २०८०

    काठमाडौं । सुदुरपचिमको डडेलधुरा जिल्लमा सबैभन्दा विशाल धार्मिकमेला सम्पन्न भएको छ । उग्रतारा मन्दिर परिसरामा संचालन भएको उक्त मेलामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप प्रादेशिक कार्यालय डडेलधुरा द्वारा निःशुल्क हेल्प सेक्स संचालन गरिएको थियो ।

    करिब १५ हजार धार्मिक आस्था राख्ने धर्मावलम्बी तथा नेपाली दाजु भाइ दिदी बैनीहरुको उपस्थिती रहेको सो मेलामा बाल बालिका तथा वृद्ध बुवा आमाहरुका लागि निशुल्क पिउने पानी (मिनरल वाटर)को ब्यवस्था हिमालयन लाईफले गरेको उप प्रादेशिक प्रमुख टेक राज आचार्यले जानकारी दिए । जीवन बीमा को बारेमा बुझ्न चाहाने ब्यक्तिको विवरण संकलन गरि बीमा सम्बन्धि जानकारी प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्