News Portal

  • सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०८०
    १४२ पटक
    १३ मंसिर, २०८०

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ । कम्पनीले शेयरधनी गंगा श्रेष्ठको नाममा रहेको ३ हजार ९२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर खरीदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएको थियो । तोकिएको समयभित्र शेयरधनीबाट शेयर खरीद आवेदन नपरेपछि सर्वसाधराण शेयरधनीहरुको लागि बिक्री गर्न लागिएको हो ।

    उक्त शेयर खरीद गर्न ईच्छुकले आवश्यक कागजातसहित कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–०४, ललितपुर वा शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्सालमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्