News Portal

  • हिमालयन लाइफले व्यतित बीमालेखमा शतप्रतिशतसम्म छुट दिने

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०८०
    ११७ पटक
    १० मंसिर, २०८०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखहरुमा छुट सुविधा दिने भएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज तथा जरिवाना)मा छुट दिने भएको हो ।

    साविक प्राइम लाइफ, यूनाइटेड लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई ब्यतित भएका बीमालेखहरुमा मंसिर १० गतेदेखि मंसिर २५ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा बीमाशुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज तथा जरिवाना छुट दिने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार ३ वर्षसम्मको बीमालेख व्यतीत अवधिमा ब्याज र जरिवाना शतप्रतिशत, ३ वर्ष माथिदेखि ७ वर्षसम्म अवधि व्यतित बीमालेखमा ५० प्रतिशत र ७ वर्षदेखि जतिसुकै अवधि व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज र जरिवाना छुट प्रदान गरिनेछ ।

    यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ । ब्याज तथा जरिवाना छुट उपभोग गरी नवीकरण गराईएका बीमालेखहरु २ बर्षभित्र समर्पण (सरेण्डर) गरेमा छुट प्रदान गरिएको ब्याज तथा जरिवाना वापतको रकम कम्पनीबाट कट्टा गरिनेछ ।

    प्रतिकृया दिनुहोस्