News Portal

  • महालक्ष्मी लाईफद्वारा एजेन्सीलाई तालिम प्रदान

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
    १८८८ पटक
    २६ कार्तिक, २०७७

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सिराहाको लाहानमा एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
    महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब कार्यकारी प्रमुख रामेशवर श्रेष्ठ तथा मार्केटिङ प्रमुख प्रशान्तराज धमला, क्षेत्रीय प्रमुख लालबहादुर थापा मगर लगायतका उच्च अधिकारीहरुको उपस्थितिमा ५० भन्दा बढी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजर तथा अभिकर्ता ५० हरुलाई सम्मान गरिएको सो कम्पनीले जनाएको छ ।
    महालक्ष्मी लाइफ इन्स्योरेन्स लाहान शाखाका प्रमुख रामेश्वर महतोका अनुसार सो कम्पनीको लाहान शाखा, जनकपुर शाखा तथा बर्दीबास शाखा गरी कूल तीनवटा शाखा कार्यालयका अभिकर्ता, एजेन्सी तथा एजेन्सी म्यानेजरहरुको उपस्थिति रहेको थियो । शुभदीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै बीमा जनचेतना जगाउन अभिकर्ता तथा एजेन्सीहरुलाई तालिम दिइएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्