News Portal

  • डाबर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण गर्यो

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०८०
    १२२ पटक
    १० मंसिर, २०८०

    काठमाडौं । डाबर नेपालले भूकम्प पिडितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।

    डाबर नेपालले जाजरकोट भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना  गरेको छ  । डाबर नेपाल  यस संकटको घडीमा भूकम्प प्रभावित जिल्लाका जनताको साथमा रहेको पनि कम्पनीले जनाएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कम्पनीका अध्यक्ष ईश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरतसिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेको डाबर नेपालले जनाएको छ।

    प्रतिकृया दिनुहोस्