काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘बीमा बिस्तारका लागि उत्कृष्ट रणनीति’ अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डको चौंथो संस्करणमा सिटिजन लाइफले बेष्ट स्ट्राटिजी फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड जितेको हो ।
नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमको क्षेत्रमा विशेष योगदान पुर्याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरुमध्येबाट उत्कृष्टलाई इण्डियन चेम्बर अफ कमर्सले विगत ४ वर्षदेखी उक्त अवार्ड प्रदान गर्दै आएको छ ।
मुम्बई, महाराष्ट्रमा आयोजित एक भव्य समारोहकाबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनी भरिमा बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबै भन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफलाई यो पुरस्कार प्रदान गरिएको हो ।
वि.सं. २०७४ भदौ ७ गतेदेखि नेपाल बीमा प्राधिकरणबाट संचालनको अनुमती पाई वि.सं. २०७४ कार्तिक २ गतेदेखि सञ्चालनमा आएको सिटिजन लाइफ नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट बीमा कम्पनी हो । हाल देशभरका १४१ शाखा, उपशाखाहरु र लगभग ६१ हजारभन्दा बढी अभिकर्ताहरुबाट सेवाग्राहीहरुलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा सिटिजन लाइफ सधैँ तयार रहेको कम्पनीले जनाएको छ ।