News Portal

  • मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०८०
    १२८ पटक
    ७ मंसिर, २०८०

    काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा श्री मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको जारी पूँजी रु.७०,००,००,०००/- (अक्षरेपी सत्तरी करोड रुपैयाँ मात्र) मध्ये २०% अर्थात रु.१४,००,००,०००/- (अक्षरेपीे चौंध करोड रुपैयाँ मात्र) रकम बराबरको १४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टयाएको र उक्त शेयर मध्येको १०% अर्थात १,४०,००० कित्ता शेयर प्रति शेयर रु.१००÷अङ्कित दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि मिति २०८०/०७/१० गतेदेखि मिति २०८०/०७/२४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आवेदकहरुमा उक्त निष्काशित शेयरहरुको आज मिति २०८०/०८/०७ गते बिहानको १०ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड कार्यक्रम सम्पन्न भयो ।
    १,४०,००० कित्ता शेयर खरिदका लागि ३१,१९६ जना आवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता शेयरका लागि २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३१,१९४ जना आवेदकहरुबाट ७,२३,०४० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको धितोपत्र भन्दा अधिक धितोपत्रको लागि माग भएको र प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथाको माध्यमबाट १४,००० सफल आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले कूल १,४०,००० कित्ता धितोपत्र बाँडफाँड गरिएको छ ।

    प्रतिकृया दिनुहोस्