News Portal

  • मोबाइल बैंकिङ चलाउनेको संख्या बढ्यो, घटे इन्टरनेट बैंकिङ प्रयोगकर्ता

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०८०
    १४२ पटक
    ७ मंसिर, २०८०

    काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १६ प्रतिशत बढेका छन्।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २२ लाख ८४ हजार ६२२ पुगेको छ। अघिल्लो वर्ष असोजसम्म यो संख्या १ करोड ९१ लाख २ हजार ६५२ थियो।

    यो वर्षको असोजसम्म मोबाइल बैंकिङबाट ३ करोड २७ लाख ७२ हजार बढी कारोबारमार्फत २ खर्ब ७७ अर्ब ८२ करोड ४० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म मोबाइल बैंकिङबाट २ करोड ९ लाख ९ हजार ३६१ वटा कारोबारमा १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो।

    इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ६.४५ प्रतिशतले घटेर यो वर्षको असोजसम्म १६ लाख २५ हजार ९ मा झरेको छ। अघिल्लो वर्ष असोजसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ३७ हजार ८०३ थियो।

    प्रतिकृया दिनुहोस्