काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन र नाफा दुबै घटेको देखिएको छ भने खुद बीमा शुल्क आर्जन बढेको छ ।
२५ करोड ११ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको कम्पनीको महाविपत्ती जगेडा कोषमा ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा २२ करोड २ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफामा गिरावट आएको हो ।
यस अवधिमा कम्पनीले २५ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुलक आर्जन घटेको हो ।
समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ७९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १५ करोड ४८ लाख खर्चिएको थियो । यस अवधिमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको छ ।
कम्पनीले १६ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन २३ प्रतिशतले बढेको छ । कम्पनकिो सोल्भेन्सी रेसियो १.५ रहेको छ ।