आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०८०
२८ कार्तिक, २०८०काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा मंसिर १५ गते गर्ने भएको छ । कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर १५ गते निर्णय गरेको हो ।
सभाले ८ दशमलव ६० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सोही सभाले बोनश शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको संस्थापक तथा सर्वसाधारणसभा शेयरधनीको शेयर स्वामित्व क्रमशः ५१ प्रतिशतर ४९ प्रतिशत कायम गर्ने निर्णय अनुमोदन गर्नेछ ।