News Portal

  • मेरो माइक्रोफाइनान्स १२औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०८०
    १४७ पटक
    २७ कार्तिक, २०८०

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ११ वर्ष पूरा गरि १२औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्था देशकै अग्रणी लघुबित्त बित्तीय संस्था बन्न सफल भएको बताए ।

    स्थापनाको ११ बर्षसम्म आइपुग्दा संस्थाले ग्राहक सन्तुष्टि र व्यावसायिक उत्कृष्टतालाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको प्रमुख कार्यकारी अधिकृतले बताए ।

    यस संस्थाले देशका ६४ जिल्लामा छरिएर रहेका १४९ शाखाहरुबाट करिब १ लाख ६० हजार ग्राहकहरुलाई उच्च स्तरीय लघुबित्त सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
    प्रतिकृया दिनुहोस्