News Portal

  • शिखर इन्स्योरेन्सको १९औं वार्षिकोत्सवको अवसरमा लाहान शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०८०
    १९८ पटक
    २३ कार्तिक, २०८०

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीको मधेश प्रदेश अन्तर्गत लाहान शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखामा आयोजना भएको उक्त कार्यक्रममा व्यवसायी, बैंकर, कम्पनीका कर्मचारी, तथा स्थानीयबासीहरुको सहभागितामा ४३ पिन्ट रगत संकलन भएको हो ।

    कार्यक्रमको संयोजन शाखा प्रमुख कुश कुमार यादवले गरेका थिए । कम्पनीले स्थापना दिवसको अवसरमा कार्तिक २१ गतेदेखि रक्तदान कार्यक्रम सुरु गरेको हो । बागमती प्रदेश अन्तर्गत उपत्यका भन्दा बाहिरका शाखा कार्यालयहरु नौबिसे र चनौलीमा, गण्डकी प्रदेश बाट कावासोतीमा तथा कोशी प्रदेशबाट विराटनगर, इटहरी र विर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

    त्यस्तै, कार्तिक २२ गते ककम्पनीले सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढीमा, लुम्बिनी प्रदेशबाट दाङ र बुटवलमा, गण्डकी प्रदेश बाट पोखरामा, बागमती प्रदेश उपत्यका बाहिरबाट धादिङ, टाँडी, हेटौडा र नैबिसे तथा उपत्यका भित्र भक्तपुर र गोंगबुमा उक्त कार्यक्रम संचालन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्