News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०८०
    २३० पटक
    २२ कार्तिक, २०८०

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले दोलखा जिल्लाको, तामाकोशी गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय स्तरमा बीमाको पहुँच बिस्तार गर्नका लागि संचालन गरिएको उक्त कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    कार्यक्रममा कम्पनीका कृषि तथा पशुपन्छी बीमा बिभागबाट सन्तोष पन्त, प्रबिण खतिवडा र कम्पनीको मन्थलीका शाखा प्रमुख नवराज खड्काले निर्जीवन बीमाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बीमामा आर्कषण बढीरहेको अवस्थामा यस्ता कार्यक्रमले आगामी दिनहरुमा स्थानिय स्तरमा बीमाको पहुंच बिस्तार हुदैं जाने अपेक्षा समेत ब्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्