News Portal

  • नाडेप लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०८०
    ९० पटक
    २२ कार्तिक, २०८०

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ९५ दशलमव ८४ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

    यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७ दशमलव २८ प्रतिशत घटेको छ । खुद फि तथा कमिसन आम्दानी १६ दशमलव ५७ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी २० दशमलव ०३ प्रतिशत र सञ्चालन मुनाफा ९९ दशमलव ३२ प्रतिशतले घटेको छ।

    ४८ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४० करोड ५८ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ५.५६ प्रतिशत घटेको हो।

    नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८ पैसाबाट घटेर ४२ पैसामा सीमित भएको छ। यस अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १ हजार १९२.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५५ पैसा रहेको छ।

    असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब १५ करोड ३२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब २४ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा यस अवधिमा ४ दशमलव ९७ प्रतिशतबाट बढेर ६ दशमलव ५६ प्रतिशत पुगेको छ।

    प्रतिकृया दिनुहोस्