News Portal

  • समृद्धि फाइनान्सको पुतलीसडक शाखाद्धारा सरसफाई कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०८०
    १२२ पटक
    १९ कार्तिक, २०८०

    काठमाडौं । समृद्धि फाइनान्सको पुतलीसडक शाखाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

    समृद्धि फाइनानसले आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ शाखाबाट काठमाडांैको नक्साल स्थित नागपोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समृद्धि फाइनान्सले मन्दिर व्यवस्थापन समितिलाई ४ वटा डस्ट्बिन, झाडु, तथा डस्ट्प्यान उपलब्ध गराएको छ ।

    साथै समृद्धि फाइनान्सले कार्तिक १९ देखि २५ गते सम्म २२ औ वार्षिकोत्सव हप्ता मनाईरहेको छ । यो हप्ता समृद्धि फाइनान्सले आफ्ना शाखाहरुबाट विभिन्न सामाजिक तथा स्वास्थ्य सचेतनामुलक कार्यक्रहरु गर्ने जानकारी गराएको छ । कार्तिक २२ गते जनकपुर शाखाबाट सरसफाई कार्यक्रम र कार्तिक २४ गते पुतलीसडक शाखाबाट साइकल ¥याली गर्ने जानकारी गराएको छ ।

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्