News Portal

  • पोखरामा माइलेज टेस्ट एनओजी राइड सम्पन्न

    आर्थीकसंसार संवाददाता३० असोज, २०८०
    १४४ पटक
    ३० असोज, २०८०

    काठमाडौंं । नेपालको लागि टिभिएस स्कुटर र मोटरसाईकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ ।
    गत आश्विन २७ गते पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा रिसोर्टसम्म उक्त माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको थियो । माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज ¥यालीजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो । उक्त माइलेज क्याम्पमा ६३.३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे विजेता हुन सफल भएका थिए भने ५७.६८ किलोमिटर राइडसहित प्रज्वल कार्की दोस्रो र ५७.८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो हुन सफल भएका थिए । आयोजकले माइलेजका बिजेताहरुलाई पुरस्कार प्रदान गरेको थियो ।
    उक्त माइलेज टेस्ट एनओजी राइडमा राइडरहरू बीच विभिन्न खेलहरु खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र र उपहारहरु पनि प्रदान गरिएको थियो ।
    करिब ५० जना राइडरहरु सहभागि भएको उक्त माइलेज टेस्ट राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राबिधिक टिमले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्