News Portal

  • सलिकोले मधेश प्रदेशका कर्मचारीहरुलाई दियो प्रशिक्षण कार्यक्रम

    आर्थीकसंसार संवाददाता२९ असोज, २०८०
    १३९ पटक
    २९ असोज, २०८०

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षण कार्यक्रम दिएको छ । कम्पनीले कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हो ।

    उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जहाँ सहभागिहरुलाई सलिकोका नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागिय प्रमुखहरुले आ-आफ्नो प्रस्तुतिकरण दिएका थिए ।

    मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका विषयहरुको प्रस्तुतिकरणले समग्र मधेश प्रदेशमा कार्यरत कम्पनीका कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्