News Portal

  • प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२३ असोज, २०८०
    ३७७ पटक
    २३ असोज, २०८०

    काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। ईच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

    शेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ। तोकिएको समयभित्र संस्थपक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्