News Portal

  • आरएसडिसी लघुवित्तले घोषणा गर्यो लाभांश

    आर्थीकसंसार संवाददाता२० असोज, २०८०
    १०४ पटक
    २० असोज, २०८०

    काठमाडौं । आरएसडिसी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ दशमलव ६० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ४५२६ प्रतिशत नगद गरि कुल ९ दशलमव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

    कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।
    प्रतिकृया दिनुहोस्